• शनिबार, साउन २३ २०८३

पहाडी भू—भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना


बुधबार, माघ २८ २०७७
605
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू—भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू—भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू—भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार