• शनिबार, साउन २३ २०८३

परिवारबाट एक्लिएकी होममायाँलाई राहत दिन घरमै पुगे सिडियो भट्टराई


बुधबार, माघ २८ २०७७
1.4K
Shares

गोरखा । गण्डकी गाउँपालिका २ सादीखोलाकी होममायाँ थापालाई मंगलबार राहत वितरण गरिएको छ । आफन्तले वेवास्ता गरेपछि अपाङ्गता भएर एक्लो जिवन बिताइरहेकी होममायाँलाई सहयाेग गर्न मंगलबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईसहितकाे टाेली उनकै घरमा पुगेकाे हाे ।

‘उहाँको अबस्था कस्तो रहेछ भनेर हामी हेर्न गएका थियौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भने, ‘निकै दयनिय अबस्था रहेछ । थोरै आर्थिक, खाद्यन्न तथा जिन्सी सहयोग गरेका छौं ।’ होममायाँले प्रजिअ भट्टराईसँग घर बनाइदिन आग्रह गरेकी थिइन ।

उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी घर बनाउन पहल गर्ने आश्वासन दिएको होममायाँलाई सहयोग जुटाउने लागि परेका स्थानीय मदन पन्तले जानकारी दिए । प्रजिअ भट्टराई, सहायक प्रजिअ देवी पाण्डे खत्री, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, वडा अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी ताङ्लिचोक उपशाखाका पदाधिकारी र स्थानीयहरुको उपस्थितीमा सहयोगमा १२ हजार बराबरको सामाग्री र नगद ५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

विपद् व्यवस्थापन कोषबाट चामल, दाल, तेल, डसना, सिरक लगायतका सामाग्री खरिद गरिएको प्रजिअ भट्टराइले बताए । रेडक्रसले ब्ल्याङ्केट, कम्मल र त्रिपाल समेत उपलब्ध गराएको छ । सोही अबसरमा उक्त टोलीले मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र र प्रहरी चौकी ताङ्चोकको अनुगमन समेत गरेको थियो ।

यसैवीच होममायाँका लागि सहयोग संकलनको काम सुरु भएको अभियान्ता पन्तले बताए । केही दिनभित्र बैंकमा खाता खोलेर रकम संकलन अघि बढाईने उनको भनाई छ । जन्मदै अपाङ्गता भएकी होममायाँ बाबु आमाको निधन पछि एक्लै बस्न बाध्य छिन् । उनका दाजुभाई दुव्र्यवहार गरेको उनको गुनासो छ । गाउँले बनाइदिएको सानो टहरामा गुजारा चलाइरहेका होममायाँले सुरक्षित घर बनाइदिन सबैलाई आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार