• शनिबार, साउन २३ २०८३

हिमनदी फुट्दा १० नेपालीको ज्यान गयाे, अझै ११ जना बेपत्ता


बुधबार, माघ २८ २०७७
530
Shares

आइतबार भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ।

स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो।

हिमनदी फुट्दा धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी आएको थियो। बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली र भारतीय मजदुर र स्थानीयबासीसहित दुई सय भन्दा धेरै बेपत्ता भएका थिए। बेपत्ताहरुको खोजी अहिले पनि चलिरहेको छ।

मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शवको पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। उनीहरु सबै जुम्ला र कालिकोट जिल्लाका हुन्।

ज्यान गुमाउनेमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।

बेपत्तामध्ये ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ। बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका अधिकारीहरुले जनाएका छन्।अझै ११ जना नेपाली बेपत्ताको सूचीमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार