• शनिबार, साउन २३ २०८३

शहिद लखनका ९ विवादित ठेक्का रद्द


बुधबार, माघ २८ २०७७
635
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले केहि समयअघि बोलपत्र आह्वान गरी हार्ड कपि मार्फत प्रकृया अघि बढाइएको नौ वटा ठेक्का रद्ध गरिएको छ । पुस ९ गते पालिकाका बिभिन्न नौ सडक आयोजनाको ठेक्का मंगलबार सार्वजानिक सूचना प्रकाशित गरी रद्ध गरिएको जनाएको छ । जिल्लाको ११ स्थानीय तहमध्ये सबैभन्दा पहिले इ–विडिङ गर्ने पालिका बनेको शहिद लखनले आ.व. २०७४÷७५ यता सबै टेण्डरहरु इ–विडिङ मार्फत गर्दै आएको थियो ।

तर गत पुष ९ गते भने पालिकाका ९ योजनाका गरी झण्डै २ करोड बराबरको सडक स्तरोन्नतीको ठेक्का ‘हार्ड कपि’ मार्फत प्रकृया अघि बढाएको थियो । जसमा २० लाखभन्दा माथीका ४ र २० लाख भन्दा तलका योजनाका प्याकेज ५ वटा रहेको थियो । २० लाख भन्दा माथीमा प्याकेजका लागि मात्रै ६५ वटा निर्माण कम्पनीलाई टेण्डर फर्म पालिकाले बिक्रि गरेपनि दाखिला भने सबै प्याकेजमा एक÷एक वटा गरी ४ वटा मात्रै भएको थियो ।

कमिशनको लोभमा गाउँपालिका र निर्माण कम्पनीको मिलेमतोबाट विना प्रतिस्प्रर्धा टेण्डर प्रकृया अघि बढाइएको भन्दै समाचार प्रकाशन भएपछि आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो ठेक्काका सबै प्रकृया रद्ध गरी नयाँ प्रकृयामा जाने निर्णय गरेको बताइएको छ । ‘सबै प्याकेजमा सार्वजनिक खरिद ऐनको दफा २६ उपदफा ६ ले तोके बमोजिम न्यूनतम बोलपत्र मात्र पेस भएको पाइएको र प्रशस्त प्रतिष्पर्धा हुन नपाएकाले ठेक्का रद्ध गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले भने ‘अब नयाँ प्रकृया मार्फत सबै ठेक्काको काम अघि बढ्छ ।’

पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँच वटा प्याकेज करिब १३÷१३ लाख रुपैयाँका छन् । नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको गाउँपालिका योजना शाखाका नायब सुब्बा सानुकाजी बस्नेतले बताए । यी सबै प्याकेजमा तीन–तीनवटा फर्म मात्रै दाखिला भएको थियो । रद्ध भएको ठेक्का गाउँपालिकाले पुन टेण्डर गर्ने योजना बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार