• शुक्रबार, असोज १६ २०८३

गोरु काटेको अभियोगमा चार पक्राउ


मंगलबार, माघ २७ २०७७
610
Shares

गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मुस्ताङ्गकाे थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टाउको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार