• मंगलबार, साउन १२ २०८३

थप १६० जनामा कोरोना संक्रमण, २ को मृत्यु


मंगलबार, माघ २७ २०७७
600
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६५ जना निको भएर घर फर्किएका छन् । योसँगै २ लाख ६८ हजार ४ सय ३१ जना निको भएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ ।

मंगलबार नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार