• शनिबार, साउन २३ २०८३

करिश्मा मानन्धर बनिन् महानायिका


मंगलबार, माघ २७ २०७७
1.8K
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ। काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो।

आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो।

१४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन्। ‘मायालु,’ ‘कस्तुरी,’ ‘ट्रक ड्राइभर,’ ‘पन्छी,’ ‘साथी,’ ‘बसन्ती’ आदि उनका चर्चित फिल्म हुन्।

कार्यक्रममा करिश्मालाई राजेश हमालले ‘महानायिका’ लेखिएको स्यास पहिराइदिएका थिए।

कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन्।

आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र चलायमान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ।

कार्यक्रममा करिश्मा र राजेशबाहेक निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, शिक्षा तथा समाजसेवी रमेश अधिकारीलगायतलाई राष्ट्रिय सम्मान दिइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार