• शनिबार, साउन २३ २०८३

गोली हानेर छोरीको हत्या गर्ने बुवा चार दिनपछि पक्राउ


मंगलबार, माघ २७ २०७७
490
Shares

काठमाडौं । गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवालाई प्रहरीले चार दिनपछि पक्राउ परेको छ । बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले पक्राउ गरेको हो ।

माघ २४ गते महराले आफ्नै २० वर्षीया विवाहित छोरी बेलमती महराको गोली प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए ।

छोरी हत्या र आफ्नै घरमा आगो लगाएर महरा बन्दुकसहित फरार भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार