• शुक्रबार, असोज १६ २०८३

अनशनरत गंगामायाको जीवन रक्षाको माग गर्दै प्रदर्शन


मंगलबार, माघ २७ २०७७
680
Shares

गोरख। आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोरखा फुजेलकी गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा प्रदर्शन गरिएको छ ।

मंगलबार बिहान १० बजे नक्सालको नारायणचौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको थियो । प्रदर्शनको नेतृत्व नेपाल मानवअधिकार संगठनले गरेको छ ।

द्वन्द्वको समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमै अनशन बसिरहेकी छन् । गंगामाया आमशरण अनशन बसेको पनि २२ दिन भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार