• शनिबार, साउन २३ २०८३

सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ बढ्यो


मंगलबार, माघ २७ २०७७
455
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदी तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार