काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन्।
द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषित गरेको हो।
आइएएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन्। दोस्रो नम्बरमा भने अर्का स्टार क्रिस्टियानो रोनाल्डो परेका छन्।
यस्तै युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए।
तर समग्रमा दशककै विश्व उत्कृष्टमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले जनाएको छ।