गोरखा । पछिल्लो समय बलत्कारका घटना बढेको भन्दै नेपाल विद्यार्थी संघ गोरखाले प्रशासनको ध्यानाकर्ष गराएको छ ।

जिल्ला सदरमुकामको एक विद्यालयमा अध्ययनरत ४ वर्षीय बालिका बलत्कृत भएको घटनालेस्तब्ध बनाएको नेबिसंघका जिल्ला सभापती सुबास अधिकारीले बताए । गोरखा लगायत देशभर भएका जबरजस्ती करणी, करणीको प्रयास र बलत्कार पछि भएका हत्या प्रति नेबिसंघले दुखः व्यक्त गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला सभापती अधिकारीले घटना संलग्नहरुको पहिचान गरी कानून अनुसार कडा कारवाही गर्न माग गरेका छन् ।
बैतडीको दोगडाकदार गाउँपालिका ७ कि भागिरथी भट्टको बलात्कारपछि भएको हत्याको छानबिन गरी सत्यतथ्य सार्वजानिक गर्न पनि नेबिसंघले माग गरेको छ । मानवतालाई नै कलंकित पार्ने यस्ता घटनाको घोर निन्दा गर्दै बलात्कार र हत्या जस्ता क्रुर र जघन्य अपराधमा संलग्नलाई तत्काल हदैसम्मको कारवाही गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भट्टराईले दोषीहरु कानून अनुसार कारवाही पाउनेमा विश्वस्त रहन आग्रह गरेका छन् । बलत्कार, हत्या, हिंसा जस्ता जघग्न अपराध नियन्त्रणका समाजका सबै पक्षहरुले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने उनले बताए ।