• शनिबार, साउन २३ २०८३

नेप्से परिसूचक हालसम्मकै उच्च


सोमबार, माघ २६ २०७७
530
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ ।

यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ ।

दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ ।

यो समूह ३.६५ अंकले वृद्धि भएको छ । दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ । विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार