काठमाडौं । १० लाख बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ ।
प्रतिबन्धित ६९ प्रकारका औषधीसहित विराटनगर—१० न्युरो अस्पतालनजिकै डेरामा बस्ने विक्रम मण्डललाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
भारतबाट नेपालमा ल्याएर प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी उनको डेरामा पुगेको थियो। बरामद भएका औषधीहरू नेपालमा बिक्री गर्न अनुमति छैन।
कोठामा तलासी लिँदा १० लाख ३ हजार १८० रुपैयाँ बराबरका औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मण्डलको कोठाबाट औषधमी प्रयोग गरिने स्टिकर बनाउने कलर प्रिन्टरसमेत फेला परेको छ। मण्डललाई कारबाहीबा लागि प्रहरीले औषधी व्यवस्था विभाग पठाएको छ।