• शुक्रबार, साउन २२ २०८३

मेरी बास्सैको आगामी ४ भागको सुटिङ गोरखामा


सोमबार, माघ २६ २०७७
1.3K
Shares

गोरखा । चर्चित हास्य टेलिसृंखला मेरी बास्सैको आगामी चार भागका लागि गोरखामा सुटिङ भएको छ । मिडिया हवद्धारा निर्माण गरिएको मेरी बास्सैको अंक ६९०, ६९१, ६९२ र ६९३ को सम्पूर्ण दृष्य गोरखाका बिभिन्न क्षेत्रमा सुटिङ गरिएको हो ।

गोरखाको भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, गोरखा नगरपालिकाका बिभिन्न स्थान सहित गोरखा दरवारमा समेत मेरी बास्सैका लागि दृष्यहरु खिचिएको मिडिया हवका प्रवन्ध निर्देशक सोम धितालले बताए ।

सुटिङका लागि अघिल्लो हप्ता मेरि बास्सैको पूर्ण टिम गोरखा आएको थियो । गोरखाका बिभिन्न स्थानमा खिचिएको मेरि बास्सैमा कथाकोमाग अनुसार दृष्यहरु खिचिएको धितालले बताए । सुटिङका लागि मेरी बास्सैका पात्रहरु गोप्तेकाजी, दारी बा, चम्सुरी, प्याकुली, दमन रुपाखेती, घरज्वाई लगायत उपनाम रहेका कलाकारहरु गरी २२ जना आएको बताइएको छ ।

गोरखामा सुटिङ भएको अंकहरु आगामी फागुन ६, १३, २० र २७ गते नेपाल टेलिभिजनबाट मंगलबार राती ८ बजेर ५० मिनेटमा प्रशारण हुने कलाकार एवं कार्यक्रमका डाइरेक्टर दमन रुपाखेतीले सिभिलखबरलाई बताए ।

आइतबार गोरखा सदरमुकाम आएको टिमलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले स्वागत समेत गरेका थिए । उनिहरु आइतबार नै गोरखाबाट काठमाण्डौ फर्केका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार