• शुक्रबार, असोज १६ २०८३

एक महिलाको आफ्नै घरभित्र बिभत्स हत्या


सोमबार, माघ २६ २०७७
800
Shares

काठमाडौं । एक महिलाको बिभत्स हत्या भएको छ। घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा आफ्नै घरभित्र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाराको महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या गरेको अवस्थामा शव फेला परेको हो।

हत्याराको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए। घटना अनुसन्धानको लागि प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको छ।

डिएसपी मिश्रका अनुसार आइतबार राति महिलाका पति खाना खाएर घर बाहिर निस्किएका थिए। आफू घर फर्किंदा पत्निलाई मृत अवस्थामा फेला पारेको बयान उनले प्रहरीलाई दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार