• शुक्रबार, असोज १६ २०८३

धरहराको सबैभन्दा माथि स्वर्ण गजुर राखिने


सोमबार, माघ २६ २०७७
785
Shares


काठमाडौं । धरहराको सबै भन्दा माथी स्वर्ण गजुर राखिने भएको छ ।

२०७२ वैशाखमा भूकम्पमा धरहरा भत्किएसँगै पुनर्निर्माण प्राधिकरणले नयाँ धरहराको निर्माणकार्य सुरु गरेको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तला पूरा भई २२औँ तलाको निर्माणकार्य सुरु भएको जानकारी दिएका हुन्।

२२औँ तला निर्माणकार्य सकिएसँगै सुनको जलपसहितको गजुर राखिने आयोजनाले जानकारी दिएको छ।

गजुर निर्माणको काम भइरहेकाले अबको डेढ महिनामा गजुर राखिने प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठलै बताए । उनले पुरानै धरहराको गजुरमा सुनको जलप थप गरी राखिने बताए।

गजुरमा कति सुन राख्ने भन्ने पुरातत्व विभागसँग छलफल भइरहेको श्रेष्ठको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार