गोरखा । गोरखाबाट एक बेवारिसे मनोरोगीको उद्धार गरिएको छ ।

मानवसेवा आश्रम गोरखाले जिल्लाको आरुघाट बजारको सडकबाट आफ्नो नाम ठेगाना समेत बताउन नसक्ने अन्दाजी ३८ बर्षका मनोरोगी पुरुषको उद्धार गरिएको हो ।
ती मनोरोगी पुरुषको उपचार पालनपोषण र संरक्षणका लागि मानवसेवा आश्रम चितवन पठाइएको आश्रम गोरखा शाखाले जनाएको छ ।
आरुघाट गाउँपालिकाकी उपप्रमुख कल्पना पौडेलको सहयोगमा ती मनोरोगीको उद्धार गरिएको हो ।
जिल्ला भित्र सडकमा बेबारिसे अबस्थामा रहेका मानिसकहरुको उद्धार गरि संरक्षण गर्दै आएको मानवसेवा आश्रमको गोरखा शाखामा भने अहिले ४१ जना साना बालबालिकाहरु संरक्षणमा रहेका छन् ।