• शुक्रबार, साउन २२ २०८३

गोरखामा ४ वर्षीय बालिका बलात्कृत


सोमबार, माघ २६ २०७७
585
Shares

गोरखा । गोरखामा चार वर्षीय बालिका बलात्कृत भएकी छिन् । गोरखा नगरपालिकाको एक विधालयमा कक्षा एकमा अध्यानरत ४ वर्षीय बालिका बलात्कृत भएकी हुन् ।

गत माघ २१ गते सोही विधालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय बालकले बालिकालाई शौचालयमा लगेर जवरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ ।

उक्त घटना भएको भोली पल्ट पिडितकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । ‘विधालयबाट बेलुका घर पुगेकी बालिकाले घटनाबारे आमालाई बताए पछि उनले विधालय प्रशासनलाई फोन गरेपछि घटनाबारे हामीलाई थाहा भएको हो ’ विद्यालयका प्रधानाध्यापकले भने ।

उक्त दिनको बालिकाको स्वास्थ्य अवस्था हेर्दा बलात्कृत भएको थाहा पाएको पिडित बालिकाकी आमाले प्रहरी समक्ष बताएकी छिन् । पिडित बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले समान्य रहेको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

आरोपित बालकलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख (एसपी) सुरेन्द्र गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार