• शुक्रबार, साउन २२ २०८३

आन्तरिक पर्यटन पुनःस्थापनको प्रयास


सोमबार, माघ २६ २०७७
640
Shares


गोरखा । कोरोनाका कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउने तयारी सुरु भएको छ । पर्यटन उद्योगमा आवद्ध विभिन्न व्यक्तिहरुको भेलाले आन्तरिक पर्यटन पुनःउत्थान समिति समेत गठन गरेको छ ।

उक्त समितिले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यका विभिन्न निकायसँग समन्वय गर्ने बताइएको छ । पर्यटन उद्योगसँग सम्बन्धित संरचनाहरु निर्माण गर्ने, होमस्टे सञ्चालक एवं होटल व्यवसायीहरुलाई तालिम दिने, लोपन्मुख हुदै गएका मौलिक संस्कृतिको संरक्षणको पहल गर्ने लगायतका कार्यक्रम समेत गर्नेछ ।

जिल्लाका संभावित पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचारप्रसार गर्ने योजना पनि बनाएको छ । समितिको संयोजकमा पर्यटन व्यवसायी साने गुरुङ र सहसंयोजकमा रामबहादुर गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा अजिरकोट गाउँपालिकाका धनबहादुर गुरुङ, बारपाक सुलिकोटका खेमराज घले, चुमनुब्री गाउँपालिकाका बलबहादुर गुरुङ र आरुघाट गाउँपालिकाका टिकाराम आले मगर चयन भएका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाका ठाकुर भट्ट, शहिद लखन गाउँपालिकाका कृष्णबाबु श्रेष्ठ, धार्चे गाउँपालिकाका गणेशबहादुर गुरुङ र गोरखा नगरपालिकाका हरीबहादुर गान्धारी चयन भएको समितिका संयोजक साने गुरुङले जानकारी दिनुभयो । गण्डकी र सिरानचोक गाउँपालिकाबाट उपस्थिीती नभएकाले उनीहरुलाई पछि मनोनित गरिने उहाँले बताउनुभयो ।

यस्तै समितिका सल्लाहकारहरुमा जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, पर्यटन व्यवसायी सुनार बहादुर गुरुङ, चलचित्रकर्मी वीरबल घले, होटल व्यवसायी कृष्ण प्रसाद लामिछाने र नागरिक समाज तर्पmबाट यदुप्रसाद अधिकारी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार