• शुक्रबार, साउन २२ २०८३

ट्रिप्परले च्यापेर गोरखामा एक युवकको मृत्यु


सोमबार, माघ २६ २०७७
490
Shares

गोरखा । गोरखामा हिजो (आइतबार) ट्रिप्परले च्याप्दा एक युवकको ज्यान गएको छ ।

सिरानचोकको खहरेबाट बालुवा लिएर ताकुकोट जाँदै गरको ग १ ख ७५८८ नम्बरको ट्रिप्परले किचेर ३८ वर्षीय बलबहादुर बरामको मृत्यु भएको हो । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटका बरामलाई ओर्लाने क्रममा आफै चढेको ट्रिप्परले च्यापेको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् ।

ट्रिप्परले च्यापेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको थियो । तर अस्पताल ल्याए लगतै उनलाई मृत घोषणा गरिएको थियो । प्रहरीले ट्रिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

जिल्लामा पछिल्लो केही दिन यता दुर्घटना बढेका छन् । शुक्रबार सदरमुकाममा भएको तीन छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु हुनुका साथै ६ भन्दा बढि घाइते भएका थिए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

केहीको अबस्था अझै पनि गम्भिर रहेको अस्पताललाई उदृत गर्दै परिवार स्रोतले जनाएको छ । सामान्य घाइते भने उपचार पछि घर फर्किएका छन् । आइतबार पनि मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार