• शुक्रबार, असोज १६ २०८३

थप ११९ जनामा कोरोना पुष्टि, तीनको मृत्यु


आइतबार, माघ २५ २०७७
545
Shares

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ९ सय २५ पुगेको छ।

यसैगरी, कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २६० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार