काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।
कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।
आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् । आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ ।
अन्य धेरै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।