• शुक्रबार, साउन २२ २०८३

कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु


आइतबार, माघ २५ २०७७
665
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनमा माघ १५ गते कोरोना संक्रमण पुष्टि भएका थियो । यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले बताए ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार