• शुक्रबार, साउन २२ २०८३

गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या


आइतबार, माघ २५ २०७७
660
Shares

आफ्नै बुवाले गोली प्रहार गरी छोरीको हत्या गरेको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमति महरा धामीलाई छोरीलाई गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर महराले गोली हानी छोरीको हत्या गरेको स्थानीयले बताए।

भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको थियो । उनको खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । हतियारसहित भागेका उनले राती आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन्।

एक महिनादेखि माइतमा बस्दै आएकी मृतक बेलमतिको एक वर्षीय छोरासमेत छन्। जंगलतिर हतियारसहित भागेका महराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको विषयमा भने अझै खुलेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार