गोरखा । गोरखाको उत्तरी क्षेत्रमा शुक्रबारदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण गैर आवसीय नेपाली संघ (एनआरएनए) ले निमार्ण गरेको धार्चे गाँउपालिका—४ स्थित लाप्राकको गुप्सीपाखामा रहेको एकिकृत बस्ती हिउँले ढाकेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथीका अधिकांश स्थानमा हिमपात परेको स्थानीयवासीहरुले बताएका छन् ।
त्यस्तै सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँ लगायतका ठाउँमा शुक्रबारदेखी परेको हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन समेत समस्या परेका छन् ।
हिउँ परेपछि जनजिवन कष्टकर भएपनि वाली राम्रो हुने भन्दै किसान भने खुसी भएका छन् ।