• शुक्रबार, साउन २२ २०८३

गोरखाका पत्रकारलाई दुई दिने क्षमता अभिबृद्धि तालिम


आइतबार, माघ २५ २०७७
720
Shares

गोरखा । पत्रकारहरुका लागि दुई दिने क्षमता अभिवृद्धी तालिम सकिएको छ ।

नेपाल पत्रकार महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भारत सरकारको सहयोगमा सञ्चालित नेपाल आवास पुर्ननिर्माण परियोजनाको समन्वयमा शुक्रबारबाट सुरु भएको तालिम शनिबार सकिएको हो । तालिममा सहभागी पत्रकार एवं सञ्चारकर्मीलाई पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सहजीकण गरेका थिए ।

महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको तालिमको शुक्रबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन । तालिममा जिल्लामा कृयाशिल २० जनाभन्दा बढी पत्रकारको सहभागिता रहेको सचिव नरहरी सापकोटाले बताए ।

तालिममा समाचारको कोण, बिषयबस्तु, शब्द चयन, प्राथमिकताका बिषयको छनौटका आधार, विपदका समयमा गर्ने रिपोर्टिङको शैली लगायतका बारे प्रशिक्षण दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार