गोरखा । गोरखा उद्योग वाणिज्य संघ भीमसेन थापा गाउँपालिका बजार इकाइको गठन भएको छ ।

व्यवसायीहरुको भेलामा टलक गुरुङको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष प्रेमकुमार पुडासैनी, सचिवमा नवराज लामिछाने, कोसाध्यक्षमा काजिराम ढकाल निबिरोध निर्वाचित भएका छन् ।
समितिको सदस्य सिर्जना दवाडी, विपिन श्रेष्ठ, बलराम बञ्जरा, संगिता दवाडी, दिनानाथ अधिकारी, बासु बञ्जरा र नबराज अधिकारी रहेका छन ।
संघका जिल्ला अध्यक्ष जिवनज्योति श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले, संघका जिल्ला सदस्य गोबिन्द गुरुङ, रामहरी केसी र नवनिर्वाचित अध्यक्ष गुरुङले मन्तव्य राखेका थिए ।