गोरखा । दारी ग्याङ्ग गोरखाको संयोजकमा दारी राजेन्द्र प्रसाद न्यौपाने पुन सर्व सम्मतले चयन भएका छन् ।

ग्याङ्गको पहिलो साधारण सभाबाट न्यौपाने पुन ग्याङ्गको संयोजकमा निर्विरोध चयन हुनु भएको ग्याङ्ग कार्य समिती सदस्य सुवास अधिकारीले जानकारी दिए । उनका अनुसार ग्याङ्गका सह–संयोजकमा निमार्ण घिमिरे निर्विरोध चयन भएका छन् ।
साधारण सभाले ११ जनाको नयाँ कार्य समिती गठन गरेको छ । ग्याङ्गले पाँच सदस्यलाई विभागिय प्रमुखमा समेत चयन गरेको छ । साथै साधारण सभामा ग्याङ्गका आर्थिक विभाग प्रमुख रविन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।