गोरखा । रोटरी क्लब अफ बज्र मनासलु गोरखाले शहिद लखन गाउँपालिका ५ को तिनमानेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार भएको शिविरमा ३ सय ५३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । क्लबका अध्यक्ष विश्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरमा स्वास्थ्य जाँज गराएका मध्ये स्त्रीरोग सम्बन्धि समस्या भएकाका ९३ जना, मुटुरोगी ८८ जना र जनरलमा १ सय ७२ जना रहेको कार्यक्रम संयोजक विनोद अर्यालले बताए । शिविरमै ८६ जनाको मुटुको इको, ४५ जनाको इसिजी, ९० जनाको भिडियो एक्से्र, र २० जनाको बिभिन्न ल्याव परिक्षण गराइएको अर्यालको भनाई छ ।

शिविरमा गोरखा स्थित नयाँबजारमा रहेको अर्याल मेडिकल तथा विज्ञान पोलिक्लिनिक प्रालिले प्राविधिक सहयोग गरेको बताइएको छ । शिविरमा ६ जना विशेषज्ञ डाक्टरको सहितको टोलीले स्वास्थ्य परिक्षण गराएका थिए ।