http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।