कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा२झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई बालिका सहित पाँच जना घाईते भएका छन् ।
गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेका अमिसा थापा मगर, र इम्रन राना मगरलाई गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाईते दुबै जानालाई गोरखा अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
जिपमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणदत्त शर्मा र जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेशप्रसाद भट्टराई र उर्मिला भट्टराई पनि घाईते भएका छन् ।