• शुक्रबार, साउन २२ २०८३

भ्यानको ठक्करबाट गोरखामा ५८ वर्षिय महिलाको मृत्यू


शुक्रबार, माघ २३ २०७७
545
Shares

गोरखा नगरपालिका वडा नम्बर ८ ढुङ्गागाढे नजिकै इको भ्यानको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यू भएको छ ।

ग १ ज ७४४६ नम्बरको भ्यानले गोरखा नगरपालिका वडा नम्बर ८ कि निरमाया थापालाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।

मृतक थापा विद्यालयमा नाती नातीना पु¥याएर फर्कँदै गर्दा आहालेबाट ढुङगागाढे तर्फ जाँदै गरेको भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारको लागि गोरखा अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक सक्गुल मियाँ प्रहरी नियन्त्रणमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार