• शुक्रबार, साउन २२ २०८३

पहिरो पिडितलाई २० लाखकाे आर्थिक सहायता


शुक्रबार, माघ २३ २०७७
920
Shares

शहिद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ तिखण्डेका पहिरो पिडितलाई २० लाख ११ हजार ४६ रुपैयाँ राहत बितरण गरेको छ ।

यस अघि वर्खाको समयमा गएको बाढी पहिरोले घर भत्किएपछि कष्टकर गुजारा चलाउँदै आएकाहरुलाई पुर्नस्थापनाका लागि उक्त रकम सहयोग गरिएको अम्बिका भट्टले बताए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले शुक्रवार तिनखण्डेमा आयोजित एक कार्यक्रमका बिच ११ घरधुरी बाढीपहिरो पिडितलाई नगद बितरण गरेका हुन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ तिनखण्डे गोरखा बाढी पहिरो राहत एवं पुर्नस्थापना समुह” अमेरिकाद्धारा संकलित उक्त रकम गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका र गैह्र आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको माध्यमबाट नेपाल स्थित सहिद शिब प्रसाद भट्ट मेमोरियल फाउन्डेसनको खातामा उक्त रकम उपलब्ध गराएको हो । दुई सय ५३ जना दाताहरुले फाउण्डेसनको खातामा उपलब्ध गराएको रकम बितरण गरिएको हो ।
मायादेबी भट्टलाई तीन लाख ४१ हजार ४६, लालप्रसाद भट्ट, गोकर्ण भट्ट, जिबनाथ भट्टलाई जनही तीन लाख १५ हजार, लिला कुमारी पाण्डे, सुरेश भट्टराई, चुणामणी धिताल र निलबहादुर पाण्डेलाई जनही एक लाख २५ हजार बितरण गरिएको थियो ।

जानकी पाण्डे, सुमित्रा पाण्डे भट्ट, मानबहादुर पाण्डेलाई जनही ७५ हजार रुपैयाँ बितरण गरिएको हेमराज भट्टले बताए ।
शहिद शिब प्रसाद भट्टज्यूको कान्छा छोरातथा फाउन्डेसनका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उप प्रमुख जानुका अधिकारी लगायतले सहयोग गरेको प्रति दालाहरुलाई धन्यवाद दिए । कार्यक्रममा भीमसेन थापा गाउँ पालिका तान्द्राङ्गका वडाध्यक्ष नारायण भट्टराई, नेपाली कांंग्रेस जिल्ला कार्य समिति गोरखाका सल्लाहाकार लोक बहादुर बानियाँ, शरण गुरुङ्ग लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।
राहत बितरण कार्यक्रममा आयोजक संस्था सहिद शिब प्रसाद भट्ट मेमोरियल फाउन्डेसनका अध्यक्ष श्री रमेश भट्टले सहयोग पुर्याउनु हुने गोरखा अमेरिका सम्पर्क समिति, संकलनको शुरुवात गर्नुहुने तेश्रो ज्योति परिवार, एकमुष्ठ सबैभन्दा ठुलो रकम योगदान दिने नेपाली जनसम्पर्क समिति, वेष्ट टेक्सास च्याप्टर परिवार, हिमालय हेल्पिंग ह्याड्स लस एन्जलस परिवार र सम्पुर्ण २५३ जना दाताहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार