काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ६ सय २ पुगेको छ।
पछिल्लो २४ घण्टामा २सय २७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार २ सय ९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ।