• मंगलबार, साउन १२ २०८३

हेलिकप्टरमार्फत गोरखाको उत्तरी क्षेत्र लगियो कोरोना विरुद्धको खोप


बिहिबार, माघ २२ २०७७
685
Shares

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मीलाई लगाउन गोरखा सदरमुकामबाट हेलिकप्टरमार्फत कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ ।

स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक, स्वास्थ्यकर्मी सहित खोप पठाएको कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।

चुमुनब्री गाउँपालिका ६ चुम्लिङमा २० जना, वडा नम्बर २ को लिहीमा ३० र वडा नम्बर ३ सिर्दीबासको फिलिममा १८ जनाका लागि खोप पठाइएको हो । तीनठाउँबाट गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन सकिने गरी केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिवार सबै केन्द्रमा खोप पुग्ने र शुक्रवारदेखि लगाउन थालिने स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि खोप केन्द्र राखिएको छ । त्यहाँबाट ४७ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार