• आइतबार, भाद्र २१ २०८३

कोभ्याक्समार्फत् नेपालले पाउने भयो साढे २२ लाख डोज खोप


बिहिबार, माघ २२ २०७७
755
Shares

काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २२ लाख ५६ हजार डोज कोभिड–१९ विरुद्धको खोप पाउने भएको छ।

विश्व स्वास्थ्य संगठनले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिकाअनुसार नेपालले उक्त संख्यामा खोप प्राप्त गर्ने भएको हो।

भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो। हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाइँदैछ।

चीनले पनि तीनलाख डोज कोभिड खोप सहयोगस्वरुप दिने घोषणा गरेको छ।

डब्लूएचओले नेपालले कहिलेसम्म खोप प्राप्त गर्ने भन्ने मिति खुलाएको छैन। स्वास्थ्य मन्त्रालयले अप्रिलसम्म कोभ्याक्स सुविधा अन्तर्गतको खोप आउने विश्वास लिएको छ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप ३ प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ।

उक्त खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ।

कोभिड खोप एकजना व्यक्तिलाई दुई डोज लगाउनुपर्ने हुन्छ। सोअनुसार जति डोज खोप हो सो संख्याको आधा जनसंख्यालाई पुग्छ भने बितरण तथा लगाउने क्रममा केहि मात्रा खेर पनि जान्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार