• बिहिबार, साउन २१ २०८३

सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने


बिहिबार, माघ २२ २०७७
1.3K
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

सन्दीपलाई फ्रेन्चाइज टोली ओभल इन्भीनसिभल्सले रिटेन गरेसँगै उनले खेल्ने पक्का भएको हो।

गत वर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख) रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो।

तर कोरोना संक्रमणको महामारीका कारण सो प्रतियोगिता हुन सकेन। यो वर्ष हुने प्रतियोगितामा सन्दीपको टोलीले उनलाई रिटेन गरेको हो।

१ सय बलको नयाँ शैलीको प्रतियोगितामा आठ टोली समावेश हुने छन्। प्रतियोगितामा सबै टोली इंग्ल्यान्ड क्रिकेट बोर्डको स्वामित्वमा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार