• बिहिबार, साउन २१ २०८३

गुडिरहेको ट्याक्सीमा अज्ञात समूहद्धारा आगजनी


बिहिबार, माघ २२ २०७७
620
Shares

काठमाडौं । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो ।

आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए । उनका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।

बिहीबार नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा गरिएको नियुक्तविरुद्ध आमहड्तालको घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार