• शुक्रबार, साउन २२ २०८३

प्रहरी हवल्दारको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते


बिहिबार, माघ २२ २०७७
560
Shares

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा प्रहरीको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान मध्य पहाडी राजमार्गमा पर्ने चेपे र मिर्दी खोलाको बिच भागमा क्रसरबाट ढुङ्गा लिएर भन्डारथोक जादै गरेका ट्याक्टरका चालक रामबहादुर बर्खेलमाथी प्रहरीले निर्धात कुटपिट गरेका हुन् ।

सादा पोशाकमा रहेका इलाका प्रहरीले कार्यालय ठाटिपोखरीका प्रहरी हवलदार टोपबहादुर थापाले उकालोबाटोमा आफुले रोक भनेको बेलामा ट्याक्टर नरोकेको भन्दै चालक बर्खेलमाथी कुटपिट गरेको पिडितले बताए ।

प्रहरी हवल्दार थापाको कुटाईबाट चालक बर्खेलेको टाउको र आँखा चोट लागेको छ । घाइते बर्खेललाई तत्काल उपचारका लागि भरतपुरमा पठाइएको स्थानीयबासी केशव न्यौपानले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार