• मंगलबार, साउन १२ २०८३

गण्डकीमा ९६ प्रतिशतले लगाए काेराेना बिरुद्धकाे खोप


बुधबार, माघ २१ २०७७
555
Shares

गण्डकी प्रदेशमा साढे १६ हजार फ्रन्टलाइनरले पहिलो चरणको खोप लगाएका छन् । खोप अभियानको १ हप्तामा ११ जिल्लाका १६ हजार ५५१ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या पहिलो चरणमा खोप लगाउने कुल फ्रन्टलाइनरको ९६.२५ प्रतिशत हो ।

सरकारले पहिलो चरणमा १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप लगाउने लक्ष्य राखेको छ । कास्कीका ६ हजार ९३६, लमजुङका १३ सय ६६, बागलुङका १३ सय ८४, नवलपुरका ८४७, स्याङ्जाका १४ सय ८५, तनहुँका १२ सय ८५, गोरखाका १ हजार ५०, पर्वतका ११ सय ३२, म्याग्दीका ७०९, मनाङका १६१ र मुस्ताङका १९६ जना फ्रन्टलाइनरले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

सुरुमा १८ माघसम्म खोप लगाउने तय गरिए पनि ५ दिन थपिएको छ । खोपबारे विभिन्न अफवाह फैलिए पनि फ्रन्टलाइनरको सहभागितालाई राम्रो मान्नुपर्ने प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए ।

गण्डकी प्रदेशमा मंगलबारसम्म १५ हजार ५९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ हजार ९९९ जना निको भएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । प्रदेशका कुल संक्रमितमध्ये २०३ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार