• शुक्रबार, असोज १६ २०८३

विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक पक्राउ


बुधबार, माघ २१ २०७७
665
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा आएका एक पुरूषबाट सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।

पक्राउ पर्नमा चितवनका हिरेन्द्र महतो छन्। उनीमाथि शंका लागेपछि प्रहरी तथा भन्सार कार्यालयको टोलीले उनको सुटकेसमा चेक गरेको थियो।

चेक गर्ने क्रममा सुटकेसभित्र कागजको खामजस्तो बनाएर राखेर ल्याएको एसएसपी बाँस्तोलाले जानकारी दिए ।

उनीबाट प्रहरीले तीन वटा आइफोन तथा घडीहरू पनि बरामद गरेको छ। उनीमाथि प्रहरी तथा भन्सार कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार