• शुक्रबार, असोज १६ २०८३

थपिए १४२ कोरोना संक्रमित, २०६ निको भए


बुधबार, माघ २१ २०७७
625
Shares

काठमाडौं । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ४ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २हजार ३१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार