काठमाडौं । कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २—१ गोलले पराजित गरेको हो।
खेलमा अग्रता भने इन्टरले लियो। उसका लागि मार्टिनेजले खेलको नवौं मिनेटमा पहिलो गोल गरे।
खेलको २६ मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो। प्राप्त पेनाल्टीमा क्रिस्टियानो रोनाल्डोले गोल गरे।
३५ मिनेटमा रोनाल्डोले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। उनले इन्टरका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
अब दोस्रो लेग आगामी ९ फेब्रुअरीमा युभेन्ट्सको मैदानमा हुनेछ।