• बिहिबार, साउन २१ २०८३

थिर कोइरालासँग दोस्रो बिहे गर्दै गायिका अञ्जु पन्त


बुधबार, माघ २१ २०७७
540
Shares

काठमाडौं । गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् ।एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्।

इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन्।

तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग बताएका छन्।

करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्।

उनीहरूकी एक छोरी छन्( परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्।

छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार