http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार रु ६०० सयको दर घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ३ सय ८० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।