• बिहिबार, साउन २१ २०८३

ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै तिर्न मिल्ने


बुधबार, माघ २१ २०७७
1.3K
Shares

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिवाना भुक्तान गर्न मिल्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो। यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुँदै छ।

टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ। सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ।

यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता थियो। जसको कारण चालकले धेरै समय र झन्झट भोग्नु पर्थ्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार