• बिहिबार, साउन २१ २०८३

आज केही स्थानमा हिमपातको सम्भावना, भोलिदेखि वर्षा पनि हुने अनुमान


बुधबार, माघ २१ २०७७
565
Shares

काठमाडौं । आज (बुधबार) उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ।

बिहीबार भने पाकिस्तान र आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणाली नै नेपालमा प्रवेश गर्ने सम्भावना छ।

जसले केही दिन देशभर मौसम बदली, धेरैजसो स्थानमा हल्का वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाले बुधबार जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २१ गते बुधबार
दिउँसो :
देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २२ गते बिहीबार
दिउँसो :
देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ।

राती : देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपाको सम्भावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

माघ २३ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना साथै तराईका भूभागमा हुस्सु्कु हिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार