गोरखा । गोरखाको पालुङ्गटार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सहिजकरण गरेको वडा नम्बर ९ मा संचालन भएको तालिममा सुरक्षित आवास निर्माणका लागि विभिन्न प्रविधि सहित भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम दिइएको हो ।
तालिमको मंगलबार एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलको प्रमुख आतिथ्यतामा समापन भएको परियोजनाका सामाजिक सहजकर्ता धिरज थापाले जानकारी दिए ।