गोरखामा माेतियाबिन्दु भएका ३४ जनाको शल्यक्रिया गरिएको छ । प्रस्तावित लायन्स आँखा अस्पतालमा मंगलबार उनिहरुकाे शल्यकृया गरिएकाे हाे ।
लायन्स क्लब अफ गोरखाको आयोजना तथा नेपाल आई केयर फाउन्डेसनको सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गोरखाका बिभिन्न पालिकाका २१ महिला र १३ पुरुष गरी ३४ जनाकाे निशुल्क शल्यकृया गरिएकाे लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।
उनिहरुलाइ लायन्सले निशुल्क अाैषाधी र चश्मा समेत बितरण गरिने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।